हेटौंडा। मकवानपुरमा बिहिबार आज थप ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ४० महिला, ५९ पूरुष रहेका छन ।
जेठ १२ गते संकलित २१० जनाको स्वाब परीक्षणमा ९९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।
कोरोना पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेउनपा वडा नम्वर ४ का १८ जना रहेका छन् भने थाहा नगरका १८ जना, मकवानपुरगढीका १ जना, मनहरीका ३ जना, भीमफेदीका १ जना, र जिल्ला बाहिरको ३ जनामा संक्रमण पुष्टि भएको चौलागाईले बताएका छन् ।

सेयर गर्नुहोस्






















