मकवानपुरमा थप ३ जना संक्रमितको मृत्यु

हेटौंडा टुडे
४ असार २०७८, शुक्रबार १९:५७

हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युु हुनेमा २ जना जिल्ला भित्रका र एक जना जिल्ला बाहिरका रहेकोका छन । जसमध्ये दुइ पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेहरुमा हेटौंडा १ का ७१ वर्षीय पुरुष,मनहरी १ की ७४ वर्षीया महिला र सलार्हीका ७३ वर्षीय पुरुष रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*