फेसबुकले नयाँ सुविधा दिने, अडियो सामग्री थप्ने तयारी

हेटौडा टुडे
५ असार २०७८, शनिबार ०८:४७

हेटौंडा। आगामी जुन २२ देखि सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप्ने तयारी गरेको छ । फेसबुकका अधिकारीहरुका अनुसार अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको छ जनाएको छ। यसका लागि गत अप्रिलमा नै नयाँ सुविधाका बारेमा परीक्षण गरिएको थियो ।

परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले त्यसको तयारी भइरहेको फेसबुकले जनाएको छ ।  पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक फेसबुक कम्पनीले जनाएको छ ।
अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि फेसबुक कम्पनीले जनाएको छ ।

फेसबुकको न्यूज फिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने र फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने फेसबुक कम्पनीले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*