
हेटौँडा/ मकवानपुर गढी गाउँपालिकामा ७५ जना नेपाली काग्रेंसमा प्रवेश गरेका छन । वडा नंम्बर २ शिखरकटेरीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७५ जना नेपाली काग्रेंसमा प्रवेश गरेका हुन ।
आईतबार आज भएको कार्यक्रममा विभिन्न राजनितिक दलका सक्रिय युवा कार्यकताहरु नेपाली काग्रेंस प्रवेश गरेका हुन । काग्रेंस मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ का सभापति राम प्रसाद पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कृष्ण प्रसाद सञ्जेल र नेपाली काग्रेंसका जिल्ला सदस्य सूर्य बहादुर रुम्बाको आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अर्जुन प्रसाद दाहाल, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, हेटौँडा २ का संघीय सभापति यतिराज सापकोटा, गढी गाउँपालिकाका पार्टी सभापति राजविर मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्