थामिएन सेयर बजार ७० अंकले गिरावट

हेटौडा टुडे
१ कार्तिक २०७८, सोमबार १३:३६

हेटौँडा/ सोमबार सुरुदेखि नै सेयर बजार ओरालो लागिरहेको छ । सोही क्रममा दिउँसो  १:१५  बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक करिब ७० अंकले घटेर २ हजार ५ सय ८७।९२ अंकमा ओर्लेको छ । सोमबार कारोबार अवधिको मध्यान्नसम्म लगातार नेप्से ओरालो लागिरहेको छ । पछिल्लो समयमा गिरावटको दरमा तीव्रता आएको देखिन्छ । सवा १ बजेसम्म १ अर्ब ५४ करोड रुपैयाा बराबरको मात्र सेयर कारोबार भएको छ ।

अघिल्लो दिन करिब साढे १७ अंकले बढेर नेप्से २ हजार ६ सय ५७ अंकमा पुगेर बन्द भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*