मनहरीमा एकिकृत समाजवादी त्यागी दुईजना जनप्रतिनिधि एमालेमा फर्किए

हेटौंडा टुडे
५ कार्तिक २०७८, शुक्रबार ११:०१

हेटौँडा/ मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका दुईजना जनप्रतिनिधिले आफुहरु नेकपा (एकिकृत समाजवादी)मा नरहेको स्पष्ठ पारेका छन् ।नेकपा एमाले पार्टी कार्यलय हेटौँडा पुगेर दुईजना जनप्रतिनिधिहरुले आफुहरु एकिकृत समाजवादीको कुनैपनि भूमिका र जिम्मेवारीमा नरहेको बताए ।आफुहरुलाई भ्रममा पारेर पार्टी परिवर्तनको लागि वाध्य पारिएको बताउँदै उनले अहिले आफुहरु भ्रमबाट मुक्त भएको र आफुलाई विजयी बनाएको पार्टीमानै रहने निर्णय गरेको उनिहरुको भनाई रहेको छ । यो संगै मकवानपुरमा एमालेमै फर्कने जनप्रतिनिधिहरुको संख्या बढ्दै गएको छ ।

नेकपा एमालेबाट विजयी बनेका मनहरी वडा नंबर ३ की वडा सदस्य उमा नेपाली र वडा नंबर ८ कि सदस्य अम्बिका दमाईले आफुहरु एमालेमै रहेको घोषणा गरेका हुन् ।

बिहिबार मात्र कैलाश गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष पनि एमालेमै फर्किएका थिए । यस अघि बकैया गाउँपालिका, थाहा नगरपालिका सहितका समाजवादी प्रवेश गरेका केहि जनप्रतिनिधिहरु एमालेमा फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*