मउवासंघ निर्वाचन : फोटो फिचर

टुडे संवादाता
९ कार्तिक २०७८, मंगलवार ११:१९

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) को निर्वाचन मंगलबार (आज)भईरहेको छ । हेटौंडाको पल्पसा सभागृहमा भएको मउवासंघको निर्वाचनमा बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म मतदान गर्न पाईने छ । उक्त समय भित्र आईपुगेका निर्वाचन हाताभित्र मतदान गर्ने लाइनमा बसेकाहरुले मतदान गर्न पाउने छन् ।

निर्वाचनमा दुईवटा प्यानलका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  २६ जना नेतृत्वको लागि ५४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत ढकालले बताएका छन् ।

मतदान स्थलमा प्रचारप्रसार भने गर्न नपाइने जनाइएको छ । पल्पसा हल बाहिर उम्मेदवार र अन्य सहयोगीहरुले मतदातासँग मत मागिरहेका छन् ।

(हेर्नुहोस फोटो)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*