मकवानपुरमा अर्धमासिक तलब भुक्तानी हेटौंडा खानेपानी बोर्डबाट सुरु

हेटौंडा टुडे
२०८३ बैशाख १७, बिहीबार १२:३० गते

हेटौंडा। मकवानपुर जिल्लामा पहिलो पटक अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने कार्य हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सुरु गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयले गत वैशाख ४ गते अर्धमासिक अवधिमा तलब भुक्तानी गर्न निर्देशनसहित परिपत्र जारी गरेपछि बोर्डले सो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

अर्थ मन्त्रालयअन्तर्गतको उक्त परिपत्रमा राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता सुविधा मासिक भुक्तानी गर्नुको सट्टा अर्धमासिक रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन भनिएको छ। सोही निर्देशनअनुसार बोर्डले आफ्ना कर्मचारीलाई अर्धमासिक रूपमा तलब वितरण थालेको जनाएको छ।

बोर्डका लेखा प्रमुख तथा सूचना अधिकारी सञ्जय कुमार न्यौपानेका अनुसार संस्थामा कार्यरत १०४ जना कर्मचारीलाई मासिक करिब ३८ लाख २४ हजार रुपैयाँ तलब भुक्तानी हुँदै आएको छ। अर्धमासिक प्रणाली लागू भएसँगै पहिलो चरणमा करिब १९ लाख १२ हजार रुपैयाँ निकासा गरिएको उनले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*