हेटौंडा ।श्रीजनशिल समाज बचत तथा सहाकारी सस्था २० बर्ष मा प्रवेश गरेको छ । सस्थाको वार्शिक उत्सवको अवसरमा आज बाट सहकारीले ३ दिने कार्यक्रम सुरु गरेको छ ।
सहकारिले आज पहिलो दिन बाल बचत कर्ताहरु बिच विभिन्न कार्यकमहरुको आयोजना गर्दै कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १० बर्ष मुनिका बाल बचत कर्ता साना नानि बाबुहरु बिच भएको चकलेट दौड र बेलुन फुटाई कार्यक्रममा सहभागी पहिलो, दोस्रो, र तेस्रो हुनेलाई पुरस्कार वित्तरण गरिएको थियो । जस अन्तर्गत बेलुन फुटाईमा प्रथम जिसन थोकर , दोस्रो संयम देवकोटा , तेस्रो जेस्म लामा र चकलेट दौडमा प्रथम उत्तरा पुडासैनी , दोस्रो दिलुसा लोप्चन र तेस्रो श्रीयान श्रेष्ठ रहेको सस्थाका अध्यक्ष कृष्ण बिडारिले बताउनु भयो ।
बार्शिक उत्सव कार्यक्रम अवसरमा भोलि आईतवार मैत्रीपुर्ण फुटसल र पर्सि सोमबार चियापान तथा समापान कार्यक्रम रहेको सस्थाकि ब्यवस्थापन बिमला चौलागाईले बताउनु भयो ।
आज सम्पन्न कार्यक्रम सस्थाका अध्यक्ष कृष्ण बिडारिको सभा अध्यक्षतामा सपन्न भएको थियो । कार्यक्रममा अतिथि भानु माविका अध्यक्ष खिल प्रसाद चौलागाई , जागरण बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सत्रुधन दुलाल, भानु माविका प्रधानध्यापक राजेन्द्र थापा, सस्थाका उपाध्यक्ष लक्षमण भट्टराई , कृष्ण बन्जारा, अर्जुन सापकोटा लगायतकाको उपस्थिति रहेको थियो ।


















