
हेटौँडा/ पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नबलपुरमा लामो लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१२ का २० बर्षीय सुशान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
आज बिहान ना ७ ख ८८१ नम्बरको लहरी गाडीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घटनास्थल मै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए । प्रहरीले ट्रकका चालक लमजुङ घर भएका बर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।


सेयर गर्नुहोस्