मकवानपुरमा दुर्घटना बढ्यो,न्युनिकरणको लागि प्रशासनले यि कार्यहरु गर्दै

हेटौडा टुडे
२६ कार्तिक २०७८, शुक्रबार १४:०७

हेटौँडा/ मकवानपुरमा केही दिनयता बढ्दो सवारी दुर्घटनाप्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । दुर्घटनामा मानवीय क्षति बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवालाको सहभागितामा बसेको बैठक छ । बैठकले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले मापसे चेकजाँच कार्यलाई नियमितरूपमा कडाईकासाथ कार्यान्वयन गर्ने र मापसे गरी सवारी साधन चालउने उपर तत्काल कानूनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

यसैगरि,सडक दुर्घटना सम्भावित क्षेत्रहरूमा सडक बत्ति, ट्राफिक संकेत तथा चिन्हहरू लगायतका पूर्वाधार यथाशीघ्र स्थापना गर्ने गर्ने,लामो दूरीका सवारी साधनहरूमा अनिवार्यरूपमा २ जना सवारी चालक राख्ने व्यवस्था सम्बन्धित यातायात व्यवसायी कम्पनीहरूले गर्ने र सोको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले नियमित रूपमा गर्ने निर्णय गरेको छ ।

यसैगरि बैठकले भैंसे-भीमफेदी-कुलेखानी-फाखेल र सिस्नेरी सडक खण्ड भई सञ्चालन हुने सुमोहरूको हकमा टाईम कार्ड लागू गर्ने र हेटौंडा बजार क्षेत्रमा ई-रिक्सा र अटो मुख्य राजमार्ग तथा सडकहरूमा प्रवेश नगरी सहायक सडकबाट मात्र थप व्यवस्थितरूपमा सञ्चालन गर्ने सम्बन्धमा वस्तु स्थित एवं सम्भाव्यता अध्ययनको लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको संयोजकत्वमा एक उप-समिति गठन गर्ने र सो समितिले आवश्यक अध्ययन गरी समिति समक्ष १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

समितिको सदस्यहरुमा हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौंडाका एक अधिकृत,यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाका एक अधिकृत,जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवापनुरका प्रहरी निरीक्षक प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक सुमन बानियाँ र नेपाल अटो ई-रिक्सा व्यवसायी संघ, मकवानपुरका अध्यक्ष रहेको जिल्ला प्रशाासन कार्यलय मकवानपुरले जनाएको छ । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*