प्रविधिलाई सिकाइ उपलब्धीसँग जोडौ

राजु प्रसाद गौतम
टुडे संवादाता
३० कार्तिक २०७८, मंगलवार १७:३०

हेटौंडा/अमेरिकी विद्वान क्लेटन ले प्रविधि सम्बन्धी एउटा सिद्धान्त “डिस्रप्टिभ इन्नोभेसन” प्रतिपादन गरे । यसको अर्थ प्रविधिले नयाँ परिवेशमा विद्यार्थीहरूको सिकाइमा परिवर्तन गर्न मदत पुग्ने कुरा गरेका छन् । हार्वड विश्व विद्यालयको प्राध्यापक पनि भएकोहुनाले उनले धेरै विश्व विद्यालयहरू केही समयको अन्तरालमा समाप्त हुने भविष्यवाणी गरेका छन् ।

उनले प्रविधिको प्रयोग गर्नेविश्व विद्यालयहरूको भविष्य भने उज्यालो भएको कुरा बताएका छन् । किनकी नयाँ प्रविधिबाट त्यस्ता कमजोर शिक्षणसंस्थाहरूलाई सजिलै परिवर्तन गर्न सकिने कुरा गरेका छन् । यस्ता प्रविधि सामान्य, सरल र सबैको पहुँचमा हुन सक्ने भएको हुदासबैले प्रयोग गर्न सक्दछन् भनेका छन् । त्यसै गरी माइकल हर्नले सन् २००८ मा प्रकाशित गरेको पुस्तकमा सन् २०१९ सम्ममा विश्वमाआधा जति माध्यमिक विद्यालयहरूले इन्टरनेटको माध्यमबाट शिक्षा दिइरहेका हुनेछन् भनेका थिए ।

यसैले हुन सक्छ पछिल्लो अवस्थामा ब्यापक खुला अनलाइन कोर्सहरूको पढाइ हुने गरेको पाइन्छ । यसले कुनै सीमा, लिङ्ग, जात, बर्ग र क्षेत्र भन्दा माथि उठेर सबैलाई शिक्षा प्रदान गरिरहेको अवस्था छ । यसले साँस्कृतिक, राजनीतिक, प्रशासनिक र संस्थागतक्षमता विकास गर्न मदत गरेको देखिन्छ । अरू मुलुकहरूलाई हेर्ने हो भने युरोपियन मुलुकहरू नै प्रविधिमा अगाडि देखिन्छन् ।

नेपालको सन्दर्भमा प्रविधिको कुरा गर्दा वि.स.२०१४ मा रेडियो सम्बन्धी नीति आएको देखिन्छ । त्यसै गरी दूरसञ्चार नीति २०५३ , सूचना प्रविधि नीति २०५७ र सूचना तथा सञ्चार नीति २०७२ आएको पाइन्छ । अनलाइनको कुरा गर्नु पर्दा अनलाइन सिकाइको अत्यधिक माग भए पनि अहिलेको अवस्थामा पर्याप्त अनलाइनको व्यवस्था हुन सकेको स्थिति देखिन्न । यद्यपी सूचना र प्रविधिलाईहरेक क्षेत्रमा प्रयोग गर्दै जाने राज्यको नीति अनुसार इन्टरनेट इ-मेलको प्रयोग र क्षमता बढाउने कार्य भइरहेको भए पनि सबै भूगोल, प्रदेश र जिल्लाहरूमा यसको पहुँच बिस्तार हुन सकेको अवस्था छैन । उद्यपि विद्यार्थीहरूलाई प्रविधिको माध्यमबाट सिकाउनु आजको मागनै हो भन्ने कुरामा दुई मत छैन । त्यसैले नेपालमा अफलाइन र अनलाइन दुबै माध्यमबाट सिकाइ अगाडि बढाउन जरुरी देखिन्छ ।

प्रविधि भन्नाले शिक्षण सिकाइको प्रयोगमा आउने रेडियो, एफ।एम् रेडियो, टेलिभिजन, अपनलाइन तथा अफलाइनका माध्यम भनेरपरिभाषित भएको पाइन्छ । सिकाइमा प्रविधिको प्रयोग गर्नु भनेको विद्यार्थीको सिकाइमा सार्थक परिवर्तन ल्याउनु हो । यसकालागि सिकाइमा आवश्यक प्रविधिको उच्चतम, विश्वसनीय र भरपर्दो ढङ्गबाट प्रयोग हुनु जरूरी हुन्छ । विद्यार्थीलाई रूपान्तरणकोमोडमा लैजान वा उत्पादित जनशक्तिको रूपमा उभ्याउनका लागि प्रविधिको आवश्यकता पर्दछ । वास्तवमा २१ औं शताव्दीमाआवश्यक ठहरिएको प्रविधियुक्त शिक्षामा प्रविधिको उपयुक्त तवरले प्रयोग हुन सकेन भने यसले प्रत्युत्पादक नतिजा समेत ल्याउनेखतरा देखिन्छ । यसका लागि प्रविधिको प्रयोग कुन बेला, कसरी र केका लागि भन्ने पूर्व जानकारी हुन जरूरी देखिन्छ ।

एक्काइसौँ शताब्दीमा विद्यार्थीको सिकाइ पद्धतिमा प्रविधिलाई जोड्न आवश्यक मात्र नभई अनिवार्य भइसकेको अवस्था छ ।यसबाट शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूको सिकाइमा उत्तिकै उपलब्धी हासिल गर्न सक्ने सम्भावना रहन्छ । यद्यपि यसका थुप्रैचुनौतीहरू भने नरहेका होइन् ।

ती चुनौतीहरू निम्न प्रकार रहेको देखिन्छः

विद्यार्थीहरूको सिकाइ पद्धतिमा नयाँ प्रविधिलाई जोड्न चुनौती हुन सक्दछ । त्यसैगरी शिक्षक शिक्षिकाहरूमा रहेको परम्परागतसोचमा परिवर्तन गर्न पनि त्यतिकै चुनौती हुन सक्दछ । किनकि प्रविधिलाई सिकाइसँग जोड्नका लागि इच्छा शक्ति, ज्ञान, सीप र क्षमताको जरूरत पर्दछ । यी सबैको अभावमा चुनौती खडा हुन सक्दछ । वास्तवमा विद्यार्थीहरूको सिकाइ सँगै उनीहरूकोमूल्याङ्कन गर्नु पर्ने हुन्छ । प्रविधिकोको प्रयोग गरी सिकाइ उपलब्धि मूल्याङ्कन गर्न चुनौती हुन सक्ने सम्भावना रहन्छ । यसरी नै प्रत्येक विद्यार्थीको निजी समस्या पत्ता लगाई त्यसको समाधानका उपायहरू अवलम्वन गर्न चुनौती हुन सक्दछ ।

एकातिर वालवालिकाहरू प्रविधिसँग अत्यधिक झुम्मिने र प्रत्युत्पादक बन्न सक्ने सम्भावना रहन्छ भने अर्कातिर पुराना शिक्षक शिक्षिकाहरू प्रविधिबाट भाग्ने सम्भावना देखा पर्दछ । यसै सन्दर्भमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै वैकल्पिकप्रणालीबाट शिक्षा सिकाइ कार्य अगाडि बढाउने निर्णय गरेको अवस्था छ ।

प्रविधि शिक्षाको सम्बन्धमा आम मानिहरूको बुझाई फरक देखिन्छ । धेरैले अहिले पनि प्रविधिलाई अनलाइन शिक्षाको रूपमा बुझ्नेगरेको देखिन्छ । तर यसलाइ अफलाइन र अनलाइन दुबैबाट सिकाउने पद्धती भन्ने बुझ्नु जरुरी हुन्छ । नेपाल सरकार शिक्षा, विज्ञानतथा प्रविधि मन्त्रालयले असार १ देखि वैकल्पिक शिक्षा सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको अवस्थामा यस निर्देशिकाले विद्यार्थी समूह पहिचान गरी वैकल्पिक शिक्षा सञ्चालन गर्न निर्देश गरेको छ ।
उक्त वर्गीकृत समूहहरूमध्ये पहिलो वर्गीकरणमा पर्ने विद्यार्थी समूहको रूपमा त्यस्ता दूरदराजमा बस्ने विद्यार्थी समूहहरू पर्दछन्जोसँग कुनै पनि प्रविधिको पहुँच भएको होस् । त्यस्ता विद्यार्थी समूहका लागि छुट्टै वैकल्पिक व्यवस्था गर्नु पर्ने हुन्छ । त्यस्तो स्थानमा बिजुली बत्ती र श्रब्यदृश्य सामग्रीहरु भएको खण्डमा श्रब्यदृश्यको माध्यमबाट सिकाई प्रक्रिया अगाडि बढाउन त सकिएलाअन्यथा भौतिक दूरी कायम गरी प्रत्यक्ष पठनपाठन र सिकाई क्रियाकलाप गर्नुको अर्को विकल्प हुँदैन ।त्यसै गरी दोस्रो समूहमारेडियो तथा एफएम रेडियोको पहुँच भएको विद्यार्थी समूह पर्दछ जसका लागि प्रदेश वा स्थानीय तहले सिकाइ व्यवस्था गरी रेडियोवा एफ। एम बाट सिकाई क्रियाकलाप सम्वन्धि प्रसारण गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । यसको लागि स्थानीय शिक्षकशिक्षिकाहरूको भूमिकालाई जोडनु जरूरी देखिन्छ । बालबालिकाहरूको सिकाइलाई जीवित तुल्याउनका लागि अभिभावक रशिक्षक शिक्षिकाहरूको रचनात्मक भूमिका र सहजीकरणले विद्यार्थीहरूलाई निकै मदत पुग्ने देखिन्छ ।
तेस्रो समूह भनेको टेलिभिजनको पहूँच भएको समूह हो जसका लागि विद्यालयले विद्यार्थीहरूको सङ्ख्या किटान गरी उनीहरूलाईघरैमा पाठ्यक्रम तथा पाठ्य पुस्तकहरू उपलब्ध गराउने कार्यमा मदत गर्ने र स्थानीय सरकारले पठन पाठनको समय तालिकामिलाई टेलिभिजनबाट बालबालिकाहरूलाई सिकाउने व्यवस्था गर्न जरूरी हुन्छ । यसका लागि पनि शिक्षकहरूले शिक्षणसामग्रीहरूको निर्माण र विकासमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने देखिन्छ ।
यसरी नै चौथो समूह अन्तर्गत कम्प्युटर उपलब्ध भएको तर इन्टरनेटको पहूँच नभएको समूह पर्दछ जसका लागि अफलाइन मोडमापनि सि।डि, पेन्ड्राइभ वा हार्डिक्सको मद्दतबाट सिकाउने व्यवस्था गर्नु पर्ने देखिन्छ । यसमा स्थानीय सरकारले स्रोत साधन परिचालनगरी वैकल्पिक शिक्षाको माध्यमबाट सिकाइलाई निरन्तरता दिन मदत गर्न जरूरी देखिन्छ साथै शिक्षक शिक्षिकाहरूकोक्रियाशीलतालाई पनि नजर अन्दाज गर्न मिल्दैन ।

पाचौँ समूहमा इन्टरनेट लगायत सबै प्रविधिको पहुँच भएको समूह पर्दछ । यसका लागि बिभिन्न अनलाइन पोर्टल र प्लेटफर्महरूमार्फत बालबालिकाहरूलाइ सिकाउन सकिने हुँदा त्यस्ता भरपर्दो अनलाइन सेवा प्रादायकहरुसँग छलफल गरी बालबालिकाहरूकोसिकाईमा व्यवस्थापन गर्न जरूरी देखिन्छ । यसमा विद्यालय, शिक्षक शिक्षिका र अभिभावकहरूको पनि महत्वपूर्ण भूमिका रहनेहुनाले यसबारे छलफल गर्न जरूरी देखिन्छ ।
विद्यालयले माथि उल्लिखित वर्गीकरणमा परेका आफ्ना विद्यार्थीहरूको तथ्याङ्क निकाली आवश्यक सामग्रीको बन्दोबस्त मिलाइदिनुपर्दछ । विद्यालयले आफ्ना विद्यार्थीहरूलाई कुन प्रकारको सामग्रीहरू आवश्यक पर्दछ भन्ने जानकारी राख्नु पर्दछ र सो अनुसारव्यवस्था गर्न तिर ध्यान दिनु पर्ने हुन्छ । विद्यालयले आफ्ना शिक्षक तथा अभिभावकहरूसँग छलफल र परामर्श गरेर कार्यक्रम बनाउनुपर्दछ । त्यस्ता कार्यक्रमहरू विद्यार्थीहरूको हितलाई ध्यानमा राखेर बनाउनु जरुरी हुन्छ । साथै आफ्ना विद्यार्थी र शिक्षकहरूलाईआवश्यक परामर्श तथा तालिम पनि प्रदान गर्नु पर्दछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*