क्षेत्र नम्वर १ प्रदेशसभा (क) तर्फ सुशान्तकुमार श्रेष्ठ नेतृत्वको उम्मेद्बारी सार्वजनिक

टुडे संवादाता
२ मंसिर २०७८, बिहीबार १७:५४

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (क) सभापतिका उम्मेदवार शुशान्त कुमार श्रेष्ठले आफ्नो टिम सार्वजनिक गरेका छन । बिहिवार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै आफु नेतृत्वको टिम घोषण गरेका हुन ।
उनको नेतृत्वमा उपसभापतिमा गोपाल न्यासुर र कमला वाइबा रहेका छन् । त्यसैगरी सचिव पदमा भुमिनन्द गौतम र शंकर पराजुली , सह–सचिव पदमा दिपक ढकाल र अमर सोराइलि रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (क) को प्रदेश प्रतिनिधितर्फ जानुका ठकुरी समिक्षा बिक, छाया अधिकारि महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुनेछन् ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा उद्धब सत्याल, सचित थापा, नवराज खतिवडा , तेज प्रसाद घिमिरे , मोहन प्रसाद ढकाल , धुर्ब दुलाल उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ पुरुष सदस्यमा बालकृष्ण सापकोटा रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा कृति घलान,भानु सोराइली,पुरुषतर्फ भक्त बहादुर राई,दिपक सि घलान,नर बहादुर पुलामि दलिततर्फ अनिल बिक र अल्पसंख्यकतर्फ रामशरण माझी उम्मेदवार हुने जनाइएको छ ।

घोषणा कार्यक्रममा बोल्दै सभापति पदका उम्मेदवार श्रेष्ठले सहमतिको प्रयास भइरहेको र सकेसम्म सहमतिमै कुरा टुङ्गिने कुरामा आफु विश्वस्त रहेको बताए। टिम घोषण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष एवम् कांग्रेस नेता अर्जुन चौँलागाई,वडा न १६ का अध्यक्ष रामकृष्ण कोइराला,काङ्ग्रेस नेताहरू सुभात थिङ, मिठाराम दाहाल, वडा न ५ का अध्यक्ष राजेश बानियाँ, वडा न १५ का वडा अध्यक्ष महारत्न लामा लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*