एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित

हेटौंडा टुडे
१३ मंसिर २०७८, सोमबार १७:२४

हेटौँडा/ नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध चयन भएको छ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको दशौँ महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो।

कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन। अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीको पनि उम्मेदवारी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*