नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट हेटौंडामा सुरु

हेटौंडा टुडे
२०७८ मंसिर १६, बिहीबार १०:२४ गते

हेटौँडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट प्रदेश राजधानी हेटौंडामा बागमती प्रदेशको अधिवेशन हुँदैछ । प्रदेश अधिवेशन व्यवस्थापनको जिम्मेवारी कांग्रेस मकवानपुरले लिएको छ । अधिवेशनमा सहभागी हुन बागमती प्रदेशको १३ जिल्लाका करिब दुईहजार एकसय प्रतिनिधि हेटौंडा आउनेछन् ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) क्याम्पसमा हुने अधिवेशनका लागि मञ्च व्यवस्थापन, खाना र होटल लगायतको आवश्यक तयारी पूरा भएको छ । नयाँ नेतृत्व चयन गर्ने उद्देश्यका साथ हुन लागेको प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको कांग्रेस मकवानपुरले जनाएको छ । हेटौंडा बजारको मुख्य क्षेत्र कांग्रेसको झण्डाले सिंगारिएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यतालिका रहेको कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले जानकारी दिए । ‘बिहान ११ बजे हेटौंडाको बुद्धचोकमा जम्मा भएर दिउँसो १ बजे हुने उद्घाटन सत्रका लागि फरेष्ट्री क्याम्पस पुग्ने गरी सहभागी हुन मकवानपुरका कांग्रेसजनमा अनुरोध समेत गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*