हेटौँडा/ नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्षमा अरुण बल चयन भएका छन् । बिहीबार भएको पालिकाको प्रथम सम्मेलनले बलको अध्यक्षतामा ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, कमिटीको उपाध्यक्ष बच्चु खड्क गोले, बलबहादुर पाख्रिन, सचिवमा रहर सिं थिङ, सह–सचिवमा अशोक न्यासुर र कोषाध्यक्षमा कर्शाङ सिं पाख्रिन चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा टल्की माया पहरी, हारीमाया पाख्रिन्, भगवती माझी, यहुन्न राई, केदार थापा, प्रेम बहादुर बिक, अमर राणा , वीरबहादुर थिं ९मुक्ति०, जीवन पहरी, क्षेत्र राणा मगर, सुनिल बज्यु लगायत रहेका छन् । अध्यक्ष मण्डलको संयोजक प्रेम थोकरको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माओवादी बागमती प्रदेश कमिटी सदस्य सर्केस घलान, वीर बहादुर घलान, जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ९पृथक०, ज्ञानसागर भोलन, वाइसीएल नेपाल मकवानपुर इन्चार्ज सुमन पाख्रिनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय सदस्य दन्तलाल माझी, दिलदोर्जे पाख्रिन, जनक पहरी , विमल थिङ, वाइसीएल केन्द्रीय विभाग सदस्य सरोज पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।तु खबरबाट साभार






















