मंगलबार सुनको मूल्यमा गिरावट

टुडे संवादाता
२०७८ मंसिर २१, मंगलवार ११:४१ गते

हेटौंडा/नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैंयाले घटेको हो ।
सोमबार (हिजो) प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९१ हजार ८०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैंया कायम भएको हो । चाँदीको मुल्य पनि आज तोलामा १० रुपैंयाले घटेको छ । हिजो १२ सय रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १ हजार १९० रुपैंया कायम भएको महासंघले जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*