हेटौंडा। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार (वैशाख २१) मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा सरकारले मन्त्रालयको संख्या कटौतीसहित नयाँ मन्त्रालयको खाका पेश गर्ने बताइएको छ । सरकारले ४ वटा मन्त्रालय खारेज गर्दैछ ।
युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अस्तित्व नरहने भएको हो ।प्रधानमन्त्री कार्यालयलाई अझै शक्तिशाली बनाउने प्रारूप निर्माण गरिएको छ ।
सेयर गर्नुहोस्


















