चण्डिका माध्यामिक विद्यालयमा कपाल काट्ने अभियान सुरु,आज मात्र ७५ जनाले काटे कपाल

हेटौंडा टुडे
५ पुष २०७८, सोमबार १७:२०

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कपाल काट्ने अभियान आजबाट सुरु गरिएको छ ।  यस विद्यालयमा बालबालिकामा अनुशासन कपाल कटाई अभियान भन्ने मुल मन्त्रका साथ सोमबार कपाल काट्ने अभियान सुरु भएको हो ।
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी राजकुमार गोलेको व्यक्तिगत खर्चमा कक्षा १ देखि १२ सम्मका छात्रहरुको कपाल काटिएको विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर गोलेले बताए ।

विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउन र आर्थिक कमजोर पनि हुनुका साथै कपाल काट्न हेटौंडा नै धाउनुपर्ने बाध्यतालाई हटाउन विद्यालयमा नै कपाल काट्ने अभियान सुरु गरिएको सहायक प्रअ गोलेले बताए । हेटौंडाबाट तीन जना कपाल काट्ने मानिसलाई विद्यालयमा नै उपस्थित गराई आफ्नै खर्चमा विद्यार्थीहरुको कपाल काट्ने कामको सुरुवात गरेको विद्यालयका अध्यक्ष गोलेले बताए । विद्यालयमा नै यो कार्यक्रम नौलो भएको र यसलाई अभियानकै रुपमा लैजाने उनले बताए । कक्षा १ देखी १२ सम्मका लामा कपाल पाल्ने भाइहरुको कपाल काटी स्वस्थ र सफा देखिने गरी विद्यार्थी पठनपाठनमा आउने वातावरण सिर्जना गरेको र पहिलो चरणमा र ७५ जनाको कपाल काटेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*