हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच जाइकाको सहयोगमा निर्मित ९ कोठे भवन उद्घाटन गरिएको हो ।
राज्यमन्त्री प्रजाले सोही माविमा सञ्चालित राष्ट्रिय चित्रकला कार्यशालाको पनि समापन गरेका थिए । विद्यालयमा ५ दिनसम्म चित्रकला कार्यशाला भएको थियो । ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा राज्यमन्त्री प्रजाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिएलपिआइयुका प्रोजेक्ट डाइरेक्टर रामशरण सापकोटा, हेटौंडा–१८ का वडाध्यक्ष अनिल कुमार बानियाँ, दिनानाथ गौतम, हेटौंडा ृपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, ललितकलाकर्मी राजन काफ्ले, लक्ष्मण भुजेललगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, सस्थापकहरु, जग्गा दाताहरु, पुर्ब बिब्यस अध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।
राज्यमन्त्री प्रजाले गरे विद्यालय भवन उद्घाटन
सेयर गर्नुहोस्