चण्डिका बाल समुहद्वारा सडक सचेतना कार्यक्रम

टुडे संवादाता
२६ पुष २०७८, सोमबार १७:३६

हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरिमा रहेको चण्डिका माविका चण्डिका बाल समुहद्वारा आज सडक सचेतना कार्यक्रम आयोजना भएको छ । विद्यायालय क्षेत्रमा हुनसक्ने सम्भावित सडक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले र सडक दुर्घटनाबाट कसैको पनि ज्यान नजावस भन्ने उद्देश्यल उक्त कार्यक्रम सञ्चालन गरेको हुन् ।

विद्यालय क्षेत्रमा आवत जावत गर्ने ठुला तथा साना सवारि साधनलाई लक्षित गरेर सो कार्यक्रम गरेको चण्डिका माविका प्रध्यानाध्यापक कमल फुयालले जानकारि दिनुभयो । साथै सवारि साधनहरुमा बालश्रम प्रयोग हुन नदिन पनि आयोजना गरेको पनि फुयालले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यलय गढी , वडा प्रतिनिधि, शिक्षक लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*