हेटौंडा/ सरकारले सिनेमा हल, डान्स बार, जिम आउस , दोहोरी, होटलहरु संचालनमा रोक लगाएको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन।
धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गराउने निर्णय भए संगै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी र पार्टी प्यालेसमा कूल क्षमता ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी संचालन गर्न दिने निर्णय भएको छ।
सेयर गर्नुहोस्


















