हेटौंडा। राष्ट्रियसभा सदस्य अन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको चुनावमा ३ सय ४३ मत खसेको छ । हेटौंडा ८ मा रहेको औद्योगिक क्षेत्रमा विहानबाट मतदान सुरु भएको मतदानमा बागमती प्रदेश सभाका १०९ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका हुन् ।
स्थानीय तहका २ सय ३७ जना जनप्रतिनिधीले चुनावमा भोट हालेका छन् । चुनावमा विवेकशील साझा पार्टीका ३ जना सांसदले भने पार्टीको निर्णय अनुसार मतदानमा सहभागी नभएका हुन् । अपरान्ह ४ बजेपछि चुनावमा मतगणना सुरु गरिने र आजै बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिने जनाइएको छ ।
रिक्त राष्ट्रियसभा सदस्य पदका लागि बागमतीबाट ६ जनाका बीचमा प्रतिष्पर्धा भइरहेको छ । गठबन्धनबाट महिलामा नेकपा ९एकीकृत समाजवादी०की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धा भएको छ । यस्तै, प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यका बीच चुनाव भएको हो ।






















