वैशाख ३० मा हुने स्थानीय चुनावमा वैशाख २९ सम्म १८ वर्ष पुगेकाले पनि भोट हाल्न पाउने

हेटौंडा टुडे
२०७८ फाल्गुन १, आईतवार १८:१८ गते

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने जनाएको छ । आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो । यस्तै आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको बताइएको छ ।

२०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति ९कट अफ डेट मान्दा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई ‘कट अफ डेट’ मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।

आयोगका अनुसार २०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको थियो । जसले पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ । यो संख्या एक वर्षअघि अर्थात २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने थिए । वैशाख २९ लाई कट अफ डेट मान्दा २ लाख मतदाता थपिने आयोगको अनुमान छ । संविधान तथा कानुनमा भएको व्यवस्था बमोजिम आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने काम आयोगले गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*