नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा ८ जना निर्विरोध निर्वाचित

हेटौंडा टुडे
२०७८ फाल्गुन १६, सोमबार ०९:४१ गते

हेटौँडा ।  कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । चुनावी प्रकृया अन्तर्गत आइतबार भएको मनोनयन दर्तापछि जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ । निर्विरोध निर्वाचित हुनेमा दलित तर्फ डम्बर बहादुर विक, थाहा नगरपालिका महिला तर्फ सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिकाको महिलातर्फ भीमकुमारी न्यौपाने, ईन्द्रसरोवर गाउँपालिकाको महिला तर्फ निर्मला रुम्ब, र खुलातर्फ बिष्णुकुमार कार्की, राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी र बागमती गाउँपालिकाको खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ र बकैया गाउँपालिकाको खुल्ला तर्फ सेतेमान वल रहेका छन् । जिल्ला सभापति सहित बाँकी पदहरुका लागी भने आज सोभबार चुनाव हुँदै छ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*