हेटौंडामा मनाइयो अन्तराष्ट्रिय पाई दिवस

हेटौडा टुडे
३० फाल्गुन २०७८, सोमबार २१:५७

हेटौंडा । नारायणी कलेज तथा तुलसी मेहर माध्यमिक विद्यालयको आयोजनामा हेटौंडामा सोमबार अन्तरराष्ट्रिय गणित तथा पाई दिवस कार्यक्रम मनाईएको छ । वैज्ञानिक अल्बर्ट आइन्सटाइनको शुभ जन्मदिनको अवसर पारेर आज हेटांैडाको हुप्राचौरमा उक्त कार्यक्रम मनाईएको हो । हेटौडा दशमा रहेको विद्यालयको प्राङ्गणदेखि हेटौंडा–४ हुप्रचौर सम्म पाईको महत्व झल्काउने विभिन्न प्ले कार्ड सहित विद्यार्थीहरु कार्यक्रममा उपस्थिति रहेको थियो ।

नेपालमै पहिलो पटक यस प्रकारको कार्यक्रमको आयोजना गरिएको नारायणी कलेज तथा तुलसी मेहर मेमोरियल विद्यालयमा प्राचार्य रघुनाथ खरालले दावी गर्नुभएको छ । कार्यक्रममा १६ सय विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो । “Maths for Creativity” भन्ने मूल नारा रहेको उक्त कार्यक्रममा विद्यार्थीहरु वृत्ताकार घेराभित्र पाई { -π) का साथै  MATHS FOR CREATIVITY लेखिएको आकार निर्माण गरी विद्यार्थीहरुद्वारा प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले नेपालमा यस प्रकारको दिवस औपचारिक रुपमा नमनाइएकोले आफुले पनि आज सम्म यस्तो दिवस मनाईको जानकारि नभएको र नेपालमा नै पहिलो पटक भएको हिसाबले पनि यस दिवसको महत्वका बारेमा सबैतिर जानकारि गराउन महत्व रहेको बताउनु भयो साथै शिक्षा क्षेत्रको विकासका लागि सामाजिक विकास मन्त्रालयले सदैभ सहकार्य र सहयोग गर्न तयार रहेको बताउनु भयो ।

अन्तरराष्ट्रिय गणित तथा पाई दिवस कार्यक्रमले विद्यार्थीलाई गणित विषयमा आकर्षित गर्ने र साथै विद्यार्थीहरुको मस्तिष्क विकसित गराउन सहयोग गर्ने भएकाले यस्तो कार्यक्रम विद्यार्थीहको अध्ययन संगै भविष्यमा पनि फाईदा जनक हुने बताउनु भयो साथ साथै विद्यार्थीको सिर्जनशीलता बढ्ने र मस्तिष्कको व्यायाम गणित विषयले गर्न सक्ने विद्यालयका कार्यक्रम निर्देशक किसन बास्तोलाले बताउनु भयो ।

बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र विद्यालयका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण बस्नेतको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोे थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द«बहादुर गुरुङ्गको विशेष अतिथ्यता तथा हेटौंडा उपमहानगर पालिका वडा नं ४ का वडा अध्यक्ष नवीन सिग्देल, वडा नं १० का वडा अध्यक्ष किताब सिंह लामा, विद्यालयका कार्यकारी प्रबन्धक दीपक काफ्ले, विद्यालयका मनोज यादव, सरिता तिवारी, सन्दिप न्यौपाने, विद्यालयका प्राचार्य रघुनाथ खराल , संस्थाका कार्यकारी प्रबन्धक दीपक काफ्ले, शैक्षणिक निर्देशक मनोज यादव, लेखा निर्देशक सरिता तिवारीको उपस्थिति रहेको थियो । लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा   १ बजेर ५९ मिनेटमा समाजिक विकास मन्त्रीद्वारा हाइड्रोजन भरिएको बेलुन उडाएर कार्यक्रम औपाचारिक रुपमा प्रारम्भ  भएको थियो । वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिन तथा स्टेफन हकिङको मृत्यु भएको दिनको सम्झनामा यो दिवस मार्च १४ तारिख दिउँसो १ बजेर ५९ मिनेटमा अन्तर्राष्ट्रिय रुपमा मनाइने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*