स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू, के के पर्छन त आचारसंहिता

हेटौंडा टुडे
२६ चैत्र २०७८, शनिबार १९:३२

हेटौंडा। स्थानीय तह निर्वाचनका लागि चैत्र २५ देखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ । आचार संहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँने छैन् । यसैगरी, कुनै पनि योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काममा पनि प्रतिबन्ध लगाइएको छ । निर्वाचन आयोगले चुनावमा जाने राजनीतिक दल वा उम्मेदवारका लागि पनि आचारसंहिता बनाएको छ । जसअनुसार भड्किलो प्रचार प्रसार गर्न रोक लगाइएको छ भने सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि स्थानीय प्रशासनबाट ७२ घण्टा अगावै अनुमति लिनुपर्नेछ । प्रचार प्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइनेछ ।

यस्तै, कुनै पनि दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला जस्ता सामग्री वितरण गर्न तथा प्रयोग गर्न पाइने छैन् । उम्मेदवारले ‘ए–फोर’ साइजको कागजमा आफ्नो व्यक्तिगत विवरण र योजना बनाएर वितरण गर्न भने पाउने छन् । प्रचारमा साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा लगायतका सवारी साधन प्रयोग गर्न पाइने छैन । तर, चुनाव प्रचारमा जान हेलिकप्टर भने प्रयोग गर्न पाइने छ । सरकारी तथा निजी मिडियाले पनि पक्षधरता देखिने गरी सामग्री सम्प्रेषण गर्न पाउने छैनन । यस्तै, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, गैरसरकारी संस्था, विश्वविद्यालय वा विद्यालयका शिक्षक, कर्मचारी, निजी क्षेत्र र मतदातालाई समेत निर्वाचन आचारसंहिता लागू हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*