राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेकपा एमाले बीच पाँच बुँदे सहमति भएको छ । स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने बारे बुधबार एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेर पाँचबुँदे सहमति गरेका हुन् ।सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएका स्थानमा दुवै दलले एकअर्कालाई सहयोग गर्ने, राप्रपा नेपालले सूर्य चिन्हबाटै चुनाव लड्ने भएको छ ।
सेयर गर्नुहोस्