ने क पा एमाले हेटौडा १६ नम्बर वडाको घरदैलो सम्पन्न

हेटौंडा टुडे
२०७९ बैशाख २०, मंगलवार २२:०२ गते

हेटौंडा । आसन्न स्थानिय तह निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुलाई मत माग्दै ने क पा एमाले हेटौडा उपमहानगर १६ नं। वडा कमिटिले ५ जना उम्मेदवारहरु सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । मतदाताबाट आफुहरुले माया सद्भाव प्राप्त गरेको र बैशाख ३० गते हुने मतदानबाट आफ्ना उम्मेदवारहरु भारि मतले बिजय हुनेमा ढुक्क रहेको हेटौंडा उपमहानगर कमिटि सचिवालय सदस्य एवं वडा ईञ्चार्ज राज कुमार बास्तोलाले बताउनु भयो । साथै बैशाख २२ गते बिहान ७:०० बजे १६ नं. वडाको चिसापानि चोकमा मेयर र उपमेयर सहितको वडा स्तरीय चुनावी सभाको तयारी पूरा भएको समेत ईञ्चार्ज बास्तोलाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*