मनहरीमा कार दुर्घटना ,हेटौंडा-९ का विदुर गम्भीर

हेटौंडा टुडे
७ जेष्ठ २०७९, शनिबार ११:२६
तस्बिर सामाजिक सन्जाल

हेटौँडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा (विदुर ) गम्भीर घाइते भएका छन ।
शनिबार बिहान मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको सापकोटा सवार प्रदेश- ३-०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्याङ्करसँग ठक्कर खादा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त कारमा सापकोटा सहित उनकी श्रीमती सहित दुई जना बच्चा रहेको र सबै घाइते रहेको जनाइएको छ । घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको र सापकोटाको र निजकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाइएको छ । प्रहरीले ट्याङ्कर तथा चालकलाई नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*