प्रदेशमै पहिलो पल्ट डिजिटल कृषि परामर्श सेवा केन्द्र मकवानपुरगढीमा स्थापना हुने

हेटौंडा टुडे
१२ असार २०७९, आईतवार २२:३९

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने भएको छ ।

कृषि विकास बैंक लि। प्रदेश कार्यालय विरेन्द्रनगर चितवन र मकवानपुरगढ़ी गाँउपालिका बिच आइतबार डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ ।

किसानहरुलाई एकिकृत गरि कृषकहरुको समस्या समाधान गर्न र कृषि बाजारको पहुँच सहज बनाउन यो प्रविधिले सहज हुने बताइएको छ । डिजिटल माध्यमबाट सहि सूचना सहि समयमा प्रदान गरि कृषि क्षेत्रलाई प्रभाबकारि र व्यवस्थित गर्न यो कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ । ।

सम्झौता(पत्रमा कृषि विकास बैंकको तर्फबाट प्रदेश कार्यालयका निर्देशक श्री रघुनाथ न्यौपाने र बरिष्ठ शाखा अधिकृत नुरप्रसाद गौतम साथै मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि अधिकृत चन्द्रकान्त चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

सवै क्षेत्रमा डिजिट्लाइजेशन शुरुवात भईरहेको सन्दर्भमा डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापना पश्चात मकवानपुरगढी गाउँपालिकाका कृषकहरुलाई डिजिटल प्रविधि मार्फत प्राविधिक सेवा एवम् खेती प्रविधि वारे जानकारी गराइनेछ । साथै मौसम सम्बन्धि जानकारी, बजार मूल्य सम्बन्धि जानकारी लगायतका बालीनाली तथा पशुपन्छीपालनको विविध पक्षवारेको सूचना प्राप्त गर्न सकिने गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । साथै यो डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना बागमती प्रदेशमै पहिलो पल्ट सुरु हुन लागेको गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत पुडासैनीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*