हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् । आज हेटौँडामा भएको बागमती प्रदेश भेलाले न्यौपानेलाई सभापतिमा चयन गरेको हो । सचिवमा रामचन्द्र आचार्य चयन भएका छन् । न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । यसैगरी भेलाले हेटौँडा उपमहानगरपालिका सभापतिमा सन्तोष न्यौपानेलाई चयन गरेको छ ।
सेयर गर्नुहोस्


















