हेटौँडाकी बालिका चर्चामा नायिका रश्मिकाको भेटने चाहाना

हेटौंडा टुडे
२०७९ भाद्र २९, बुधबार १९:२६ गते

हेटौँडा । नायिका रश्मिका मन्दानाले आफु अभिनित चलचिको ‘सामी सामी’ बोलको गीतमा अभिनय गरेकी मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ निवासी एकजना बालिकालाई भेटने इच्छा ब्यक्त गरेकी छिन् । हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ निवासी बारिसा क्षेत्रीले नाचेको भिडियो टिकटकमा चर्चित भएपछि अभिनेत्री रश्मिकाले सामजिक सञ्जाल मार्फत उनलाई भेटने इच्छा ब्यक्त गरेकी हुन् । हेटौँडाको रसल एकेडेमीकी अध्ययनरत बालिकाले नाचेको भिडियो सोहि विद्यालयकमा अध्यापन गराउने एकजना शिक्षिकाले अबलोड गरेपछि एकाएक चर्चामा आएको थियो । उनको भिडियो चर्चामा आएपछि ‘सामी सामी’ मा नाचेको भिडियो शेयर गर्दै मन्दानाले लेखेकी छन्,ूम यो प्यारीलाई भेट्न चाहन्छु । म कसरी गर्न सक्छु रु

रसल एकेडेमीको एक अतिरिक्त क्रियाकलापमा उक्त गितमा क्षेत्रीले अभिनय गरेको मन परेपछि विद्यालयमा अध्यापन गराउने शिक्षीकाले ५–६ महिना अघिको उक्त भिडियो केअि दिन अघि मात्र टिकटकमा अबलोड गरेपछि बालिकाको अभिनयलाई लिएर लाखौले प्रशंसा गरेका थिए । लाखौँले प्रशंसा गरेको भीडियो सोहि चलचित्रकी नायिकाले हेरेपछि भिडियो सेयर गर्दै भेटने इच्छा ब्यक्त गरेकी हुन् । उक्त भिडियो हालसम्म ३८ लाखले हेरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*