इरानमा भूकम्प जादा तीन जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार १६:४६ गते

हेटौंडा| इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् ।

देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प भएको र त्यसबाट ७०भन्दा बढी गाउँ प्रभावित भएका सरकारी समाचार समिति इर्नाले जनाएको छ । भूैँचालोबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाउँदै इर्नाले क्षतिको मूल्याङ्कन भइरहेको बताएको छ ।

भूकम्प प्रभावित स्थलको स्थलगत निरीक्षणमा गृहमन्त्री अहमद बहिदी निस्कनुभएको छ । यही माघ चार गतेको भूकम्पमा परी इरानमा सयौँ घाइते भएका थिए । उक्त दिन ख्वे नजिक ५।८ म्याग्निच्युडको भूकम्प भएको थियो ।

सन् २०२० को फेब्रुवरीमा ५.७ म्याग्निच्युडको भूकम्प हुँदा पश्चिमी हबासेओल्यामा नौ जनाको मृत्यु भएको थियो । सन् १९९० मा ७.४ म्याग्निच्युडको भूकम्प हुँदा ४० हजारको ज्यान जानका साथै तीन लाख घाइते भएका थिएभने पाँच लाख जना घरबारबिहीन भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*