चिसोका कारण १ सय ६८ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १७, मंगलवार १५:४१ गते

हेटौंडा|अफगानिस्तानमा तालिवान नेतृत्वको प्रकोप व्यवस्थापन मन्त्रालयले देशमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु भएको जनाएको छ।

प्रकोप प्रबन्धन अधिकारी रहमान जाहिदले एक भिडियोमा देशमा २४ धण्टा खराब मौसमका कारण १ सय ६८ जनाको मृत्यु पछिल्लो १ महिनाभित्र भएको बताएका छन्।

जाहिदका अनुसार अफगानिस्तानमा सयौं घरहरू भत्किएका छन् र देशभरि ८० हजार गाईवस्तुको मृत्यु भएको छ। जसले कमजोर परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक प्रभाव पारेको छ।

अफगानिस्तानका मौसम पूर्वानुमान अधिकारीहरुले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*