हात्तीको आक्रमणबाट बकैयामा एक जनाको मृत्यु

हेटौंडा टुडे
१२ फाल्गुन २०७९, शुक्रबार ०८:१९

हेटौंडा ।  बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको ज्यान गएको छ ।

बकैया गाउँपालिका वडा नम्बर ५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तीको आक्रमणमा परि ज्यान गएको हो । माझिको गोठमा बाख्रा ब्याएको र पाठापाठीलाई दुध खुवाउन गोठमा गएको समयमा उनलाई हात्तीले उनलाई आक्रण गरेको स्थानियबासिले बताएका छन । हात्तीको आक्रमणमा परि  बेहोस भएका माझीलाई बिहिबार राती नै उपचारको लागी  हेटौँडा अस्पतालमा ल्याईको थियो ।  उनलाई उपचरको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*