औषधि व्यवसायी संघमा श्रेष्ठको नेतृत्व

हेटौंडा टुडे
२०७९ फाल्गुन २१, आईतवार १७:१८ गते

हेटौंडा । सनिबार औषधी व्यवसायी संघ मकवानपुरको छैठौं अधिवेशनबाट नारायणलाल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा ६२ मत सहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का आकांक्षी विष्णु थापाले ५८ मत प्राप्त गर्नुभयो । संघको उपाध्यक्षमा संघर्ष गुरुङ महासचिवमा भरत कार्की सचिब यादब अर्याल , कोषाध्यक्षमा सलाम सिंह लामा सह–कोषाध्यक्षमा किशन गुप्ता , सदस्यमा कृष्णहरि न्यौपाने, अनिष सुवेदी र निलम वैद्य निर्वाचित हुनुभएको छ । निर्वाचनअघि संघका कार्यवाहक अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । यसअघि नारायणलाल श्रेष्ठ कार्यबाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*