हेटौंडा । हेटौंडामै फरक ढङगबाट हेटौंडा ४ – स्कुलरोडमा हिमालयन स्विट एण्ड फास्टफुड सन्चालनमा आएको छ ।
बिशेष गरि अहिले सम्म हेटौंडामै सन्चालनमा नभएका चाट काउन्टर सहित पसल सन्चालनमा आएको हो । चाट काउन्टरमा बिशेष गरि सफा अनि ताजा क्वालिटि युक्त फास्टफुडहरु जस्तै राज कचौडि, पापडि चाट , पानि पुरि , सुजि आटा , ढोसा, दहि बढा , मिक्स चाट , पाउभाजि , छोला भटौरा ,समोसा लगाएतका परिकार पाईने छ ।
साथै मिठाईका बिभिन्न खाले परिकारहरु , आईसक्रिमहरु , बिभिन्न बेकरि आईटमहरु को ब्यबस्था रहेको पसलका सन्चालीका अन्जु अग्रवालले जानकारि दिनुभयो ।
हेटौडाबासिहरुलाई अरुभन्दा फरक अनि सफा स्वाच्छ र स्वाद अनि भेराईटिमा पनि फरक दिने हिसाबले शुद्ध साकाहारी परिकारहरु मात्रै पाईने ब्यबस्था सहित पसलमा सन्चालनमा ल्याएको अग्रवालले बताउनु भयो ।
करिव पचास लाखको लगानिमा सन्चालनमा आएको यो हिमालयन स्विट एण्ड फास्टफुडको उद्घाटन आफनो परिवारको जेठो सदस्य ९० बर्षको हजुरआमा प्रेम लता अग्रबालको हातबाट यहि चैत्र ५ गते आईतबार पसल उद्घाटन भएको हो ।
हेटौंडा ४ स्कुलरोडबाट भुटनदेबि स्कुलको मुख्य प्रबेशद्धारमा जाने स्थानमा रहेको यो पसलले शुद्ध साकाहारी आईटमका विभिन्न खाजा तथा नास्ताका परिकारहरु आफ्ना ग्राहक बर्गहरुलाई उपलब्ध गराउने अभिप्रायले पसल सन्चालनमा ल्याएको सन्चालीका अन्जु अग्रवालले जानकारि दिनुभयो ।






















