हेटौंडा । मकवानपुरमा यस बर्ष ६ हजार ३ सय ३३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ।
चैत १७ गते शुक्रबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५८५३ ,प्राविधिक धर तर्फ २२४ गरी कुल ६०७७ ,एक्जाम्टेड तर्फ २५६ गरी कुल ६३३३ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको हो।
यस बर्ष हुने एसइई परीक्षाका लागी मकवानपुरका १० स्थानीय तहमा २५ वटा परीक्षा केन्द्र कायम गरिएको छ। त्यसैगरी यस बर्ष मकवानपुरमा सामुदायिक तर्फ १०० र संस्थागत तर्फ ३८ विद्यालय गरी कुल १३८ विद्यालय एसइई परीक्षामा सामेल हुने समन्वय ईकाई प्रमुख दिनानाथ गौतमले बताएका छन्।भोलिबाट सुरु हुने परीक्षाको तयारी पुरा भइसकेको जनाइएको छ।उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्रमा पठाइसकिएको गौतमले बताएका छन्।
यस बर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मा वि फापरबारी,बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मा वि छतिवन, जनकल्याण मा वि पालुङ, महेन्द्र मा वि भिमफेदी, मत्सनारायण मा वि पालुङ,सरस्वती बालबोधीनी मा वि मार्खु, बज्रबाराही मा वि, राष्ट्रिय रोटरी मा वि मनहरी सुनाचुरी, महेन्द्र किरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी,महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा-३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर,वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक माध्यमिक विद्यालय हेटौंडा-४,ज्ञन्दा मा वि हेटौंडा-१०,वाल ज्योती माध्यमिक विद्यालय हेटौंडा-५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा-२, भुटनदेवी मा वि हेटौंडा-४, जि एस निकेतन हेटौंडा-५, सोलिड्यारिटी ईङलिश बोर्डिङ स्कुल हेटौंडा-१०, प्रगती मा वि हेटौंडा-९ ,जनप्रिय मा वि हेटौंडा-१६ र अमर मा वि हेटौंडा-१ गरी २५ परीक्षा केन्द्र निर्धारण गरेको छ।






















