शिवम् सिमेन्ट द्धारा हेटौडा अस्पताललाई कुर्सी सहयोग

हेटौंडा टुडे
२०७९ चैत्र २४, शुक्रबार १८:११ गते

हेटौंडा । सिवम सिमेन्टले मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान हेटौंडा अस्पताललाई कुर्सी सहयोग गरेको छ । शुक्रबार आयोजित एक समारोहका बिच शिवम् सिमेन्ट हेटौंडाका महाप्रबन्धक नवल किशोर चौधरीले हेटौंडा अस्पतालका ब्यबस्थापक सुरेन्द्र बडुलाई ६ थान कुर्सी सहयोग हस्तान्तरण गर्नु भएको हो ।

थ्री सिटर वाला स्टिलको कुर्सी हस्तान्तरण गर्दै चौधरिले शिवम् सिमेन्टले बिगत देखि नै सामाजिक कार्यमा अग्रसर देखाउने गरेको बताउदै सामाजिक उतरदायित्व अनतर्गत हेटौंडा अस्पतालमा कुर्सी सहयोग गर्न पाउदा खुसी ब्यक्त गर्नु भयो । साथै चौधरिले अब अस्पतालमा बिरामी कुरुवाहरुको निमित्त कुर्सि आवश्यकता रहेको भन्ने जानकारि प्राप्त भएकाले आफुहरुलेृ अस्पताललाई कुर्सि सहयोग गरेको बताउनु भयो । साथै अगामि दिनहरुमा पनि आफूहरु अस्पताललाई सहयोग गर्न सदैभ तयार रहेको पनि बताउनु भयो ।

कुर्सी हस्तान्तरण समारोहमा मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान हेटौंडा अस्पताल ब्यबस्थापन सुरेन्द्र बडु , हेटौंडा अस्पताल ब्यबस्थापन समितीका सदस्य हिरा लामा साथ साथै शिवम् सिमेन्ट हेटौंडाका महाप्रबन्धक नवल किशोर चौधरी, बिष्णु घिमिरे , रामकुमार कडेल लगाएतकाको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*