हेटौंडा|तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा ३ दिवसीय समाचार लेखन तथा वाचन तालिम सोमबारदेखि सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा मकवानपुरका पत्रकारहरुका लागि तालिम आयोजना गरिएको हो ।
तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तालिम सुरु भएको हो । तालिममा मन्तव्य राख्नुहुँदै मेयर लामाले विभिन्न माध्यमबाट आएको टिक्कटिप्पणीले उपमहानगरलाई व्यवस्थापन गर्न सजिलो भएको बताउनुभयो ।
पत्रकारिता पेशाले इज्जत, मान प्रतिष्ठसँगै समाज रुपान्तरणका लागि अहम् भूमिका खेल्ने बताउनुभयो । तालिमले नयाँ पुस्तालाई पत्रकारिता पेशामा आउन सहयोग पुग्ने उहाँको भनाइ छ। यस्तै तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श थोकरले काम चलाउका रुपमा पत्रकारिता गरिरहेकाे बताउनुभयो । कतिपय सबल र सक्षम पत्रकारहरु रहेकाले पत्रकारिता किन गर्ने भन्ने कुरा प्रष्ट हुनुपर्ने उहाँको भनाइ छ । तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले भाषा, कला, पेशाका आधारमा नै तामाङ पत्रकार पछि परिरहेको चुनाैतिको रुुपमा लिन जरुरी रहेको बताउनुभयो । तर पछिल्लो समय नयाँ पुस्ता उक्त पेशामा जोडिएपनि लामो समय टिक्न नसकिएको अवस्थामा यस्ता तालिमले सहयोग पुग्ने उहाँको भनाइ छ । प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसीले तामाङ समुदायको समस्यालाई उजागर गर्न तालिमले लेखाइ र बोलाइमा अझ प्रभावकारी भुमिका खेल्ने बताउनुभयो । नेपाल जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर राईले पछिल्लो समय पत्रकारिता पेशामा नयाँ पुस्ता टिक्न नसकिएको अवस्थामा समाचार लेखाइ र वाचनमा भन्दा कसरी टिकाउने भन्ने विषय तालिम जरुरी बताउनुभयो । जन पत्रकार स्वयम् शिक्षित समुदायले भएकोले उजागर गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल तामाङ घेदुङ संघ मकवानपुरका सचिव किरणमान बलले आवाजविहिनहरुको अावाजलाई प्रतिनिधित्व गर्न सके जीवनस्तरमा परिवर्तन आउने बताउनुभयो । झक्री र लामा हराउँदै गएको अवस्थामा तामाङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि मिडियाले बढावा गर्नुपर्ने बताउनुभयो। यस्तै नेपाल भाषा र तामाङ भाषा प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन पहल भइरहेको अवस्थामा सुखद विषय रहेको बताउनुभयो ।
यस्तै पालिका पालिकामा नयाँ पुस्तालाई पत्रकारितामा ल्याउन तालिम हुनुपर्ने र सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष नवराज वाईबाले पत्रकारितामा टिक्नु गम्भीर विषय रहेको बताउनुभयो । सिक्ने, बिक्ने र टिक्ने प्राविधिसँग घुलमिल हुँदै अभ्यास गरेर अघि बढ्ने जोड दिनुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले पत्रकारिताको परिचय, पत्रकारको भूमिका, समाचार लेखन र वाचनका विषयमा प्रशिक्षण दिनुभयो । उहाँले मकवानपुरमा पत्रकारिता गर्ने दक्ष पत्रकार कम रहेको बताउनुभयो । जुन उल्लेख सख्यामा पत्रकार रहेको छ । जसले परिचय दिन चहान्छ तर काम गर्न नचाहने पारिपटि रहेको उहाँको भनाइ छ । तालिम बुधबार समापन हुने अधिकारीले बताउनुभयो ।