सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु

हेटौंडा टुडे
२९ चैत्र २०७९, बुधबार ११:३९

हेटौंडा|  बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुलेको छैन । मृतक चारै जना पुरुष रहेका छन् ।

भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ नम्बरको कार मंगलबार राति कमलामाई नगरपालिका(३ गढीगेट नजिक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

कार सडकबाट पाँच सय मिटर तल खसेको छ । एक जनाको शव सिन्धुली अस्पतालमा र तीन जनाको शव घटनास्थलमै रहेको छ । भिरमा दुर्घटना भएकाले शव निकाल्न नसकिएको र सेनाको सहयोग मागिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*