खैरो हेरोइन सहित तीन युवा पक्राउ

हेटौंडा टुडे
२०८० बैशाख ३, आईतवार १०:५५ गते

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध सहित तीन युवालाई हेटौंडा उपमहानगरपालिका- १० न्यूरेनीबाट  पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन सहित तिन युवालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले लागूऔषध किनबेच भइरहेको बिशेष सुचनाको आधारमा स्थानीय होम बहादुरको घरबाट  ३५० मिलिग्राम धुलो खैरो हेरोइन सहित सहित तीन जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएइको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*