प्रधानमन्त्री प्रचण्ड आज फाष्ट ट्रयाकको अनुगमनको लागि  मकवानपुर आउदै

हेटौंडा टुडे
२०८० बैशाख ५, मंगलवार ११:०५ गते

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर आउने भएका छन्।  प्रचण्ड निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को अनुगमनको लागि  आज मकवानपुर आउन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्ड  नेपाली सेनाको हेलिकोप्टर मार्फत मकवानपुर आउने भएका हुन्। बिहान १० मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार आइपुग्ने कार्यक्रम रहेको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताएका छन्।

उनले निर्माणाधिन फास्ट ट्रयाक अन्तर्गत महादेवटारसँगै फाष्ट ट्रयाक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका-५ राजदमारको अनुगमन गर्ने प्रजिअ पाण्डे बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*