हेटौंडा | बागमती प्रदेश सभाको जारी हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सभा सचिवालका सचिव कृष्णहरि खड्काले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।
अधिवेशन अन्त्यको लागि बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले सिफारिस गरेपछि सोही बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भई पटक–पटक गरी आज राति अन्त्य हुने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सेयर गर्नुहोस्