रास्वपाका सभापति प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे

हेटौंडा टुडे
२०८० बैशाख १७, आईतवार १२:५३ गते

हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् ।

लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । बैशाख १० गते भएको उप–निर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि उनी पहिलो पटक प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् ।

यसैबीच, रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर, सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*