हेटौंडा | पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणको बयान सकिएको हो ।
मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।
सोमबार ९जेठ १० मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाँणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो । शरणार्थीको नाममा ठगेको घटनामा खाँणले इन्कारी बयान दिएका छन् ।
शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र पूर्व सभासद आङटावा शेर्पासहित १४ जनालाई पक्राउ गरिएको छ ।
ठगीमा संलग्न मध्येका आरोपी पूर्व सभासद् आङटावा शेर्पाको भने बयान लिन बाँकी छ । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शेर्पाको बयान बुधबार लिने प्रहरीको तयारी छ ।