हेटौँडा । गयराती बुधबार परेको पानीसंगै गएको पहिरोले गर्दा हेटौँडा हुदै काठमाडौँ उपत्यका जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।
लोकपथ अन्र्तगत मकवानपुरको भीमफेदी–८ गगटे र कालिपहिरो र ललितपुरको काल्चे, भट्टेडाडा आसपासको स्थानमा पहिरो गएको र पहिरो र लेदो पन्छ्याउन समन्वय भइरहेको जनाइएको छ ।
पहिरोमा एउटा पुरिएको बुझिएको छ । पछिल्लो समय हेटौँडाबाट काठमाडौं जाने सवारीको चाप बढिरहेको अवस्थामा कान्तिलोकपथ पूर्ण रुपमा बन्द भएको हो ।
सेयर गर्नुहोस्