जन्ती बोकेको जिप दुर्घटना ,५ जनाको मृत्यु

हेटौंडा टुडे
८ असार २०८०, शुक्रबार १०:५५

हेटौडा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शहीदलखन गाउँपालिका-५ का ६४ वर्षका धनबहादुर थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय प्रवीण थापा, १९ वर्षीय नीरज थापा र १९ वर्षीय नवीना थापा रहेका छन् ।
दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । उनीहरूको उपचार भइरहेको छ ।
सहिद लखन गाउँपालिका(३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन(५ ताक्लुङ फर्किदै गरेको जिप गए राति झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*