केहि दिन हावा हुरी सहित भारी वर्षा सम्भाबना

हेटौंडा टुडे
२०८० असार २८, बिहीबार ०९:४० गते

हेटौडा । हाल देशमा मनसुनी वायुको प्रभावले केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र सुदूरपश्चिम प्रदेशको एक (दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक- दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जानाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*